काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ। सार्वजनिक बजेटमा सरकारले विमानस्थलमा लिंदै आएको पूर्वधार शुल्क घटाउने घोषणा गरेको छ।
सरकारले उक्त शुल्क घटाएर बजेट सार्वजनिक गरेको तीन घण्टामा नै नेपाल आयल निगमले आन्तरिक तर्फको हवाई इन्धनको मूल्य १० रुपैयाँले घटाएको छ ।
बिहिबार राती १२ बजेपछि लागू हुने गरी प्रति लिटर १० रुपैयाँ घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । ७५ रुपैंयाँमा बिक्री हुँदै आएको हवाई इन्धनको मूल्य अब ६५ रुपैयाँमा झरेको छ ।
अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य भने यथावत रहेको छ । यस्तै पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य पनि यथावत रहेको छ ।































प्रतिक्रिया