कृषिमा एक स्थानीय तह एक पकेट क्षेत्र, कृषि ऋणमा सहज

कृषिमा एक स्थानीय तह एक पकेट क्षेत्र, कृषि ऋणमा सहज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ भित्र एक स्थानीय तह एक पकेट क्षेत्र बनाउने कार्यक्रम ल्याएकाे छ। यसकाे लागि कृषि क्षेत्रमा कृषि क्षेत्रमा ४१ अर्ब ४० करोड बजेट छुट्याएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि उत्पादनलाइ बढाउने र कृषिमा अात्मनिर्भर बनाउनकाे लागि आगामी वर्षभित्र दुध, मासु र तरकारीकाे उत्पादन बढाउने र कृषि क्षेत्रलाइ काम र रोजगारी सिर्जना गर्ने क्षेत्रका रुपमा कार्यक्रम अघि बढाइएकाे बताएका छन।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परिमार्जन गर्दै एक स्थानीय तहमा एक पकेट क्षेत्र बनाएर कार्यक्रम ल्याइएको र यसका लागि ३ अर्ब २२ करोड बजेट छुट्याइएको खतिवडाले बताए । त्यस्तै,रासायनिक मल अनुदानमा ११ अर्ब बजेट छुट्याइएको छ।। कृषि उपजको बजार व्यवस्थापन गर्न ७८ ओटा कृषि बजार तथा हाट बजार सञ्चालनमा ल्याइने गरी स्थानीय तहसँग समन्वय गरिने कार्यक्रम रहेकाे छ। त्यस्तै ,महाकाली सिँचाइ आयोजनालाइ राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइने छ ।

त्यसका लागि १० अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ । कृषि तथा पशुपन्छी बीमाको दायरा बढाइएको छ । कृषिको उत्पादन बढाउन मोबाइल एप्समार्फत मौसम, बीउ र प्रविधिको प्रयोग बढाइने छ । भूमि बैंकमार्फत भूमि खेती गर्नेलाइ अनुदानको व्यवस्था मिलाइएको छ । खाद्यान्न सञ्चय गर्न खाद्यान्न बैंकको व्यवस्था गरिएको छ ।

कृषि ऋणमा सहज पहुँच किसान क्रेडिट कार्डको व्यवस्था गरिनेछ । २२ हजार हेक्टर जमिन सिँचाइ गर्न २ अर्ब ३२ करोड बजेटकाे व्यवस्था गरेकाे छ।

Logo