काठमाडौं ।
सरकारले स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकामा ३ सय शैयाको सरुवा रोग अस्पताल निर्माण गर्नुका साथै सबै प्रदेश राजधानीमा सरुवा रोग अस्पताल निर्माण गरिने बताए । अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
त्यस्तै, मुलुकलाई पूर्ण पोषण युक्त घोषणा गर्ने भन्दै अर्थमन्त्री खतिवडाले सबै स्वास्थ्य संस्थाबाट पोषणका कार्यक्रम सञ्चालन गरिने बताए । त्यस्तै, सबै प्रदेशका राजधानीमा ५० शैयाको अस्पताल निर्माण हुने समेत बताए । त्यस्तै, आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले औषधि, उपकरण र उपचार सामग्रीको कम हुन नदिन ६ अर्ब बजेट व्यवस्था गरेका छन् । त्यस्तै, स्वास्थ्यकर्मीलाई ५ लाखसम्मको निःशुल्क बिमा गर्ने जनाएका छन् । स्वास्थ्य बिमामा ७ अर्ब ५० करोड विनियोजन गरिएको छ ।































प्रतिक्रिया