काठमाडौं ।
सरकारले आगामी वर्ष निरोगी नेपालको अभियान शुरु गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यसको जानकारी दिएका हुन् ।
यस्तै कोरोना रोकथामका लागि सरकारले ६ अर्ब बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाका कारण नेपालको अर्थतन्त्रमा गम्भीर संकट पर्ने संकेत देखा परेको बताएका छन्। विश्व अर्थतन्त्रसँगको अन्तर आवद्धताले नेपालको आर्थिक वृद्धिलाई पनि कमजोर बनाएको उनले बताएका छन् । खतिवडाले उच्च आर्थिक वृद्धिको गतिलाई कोरोनाले धक्का पुर्याएको बताए ।
यसैगरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड विनियोजन गरिएको छ भने कृषि, घरेलु, साना मझौला उत्पादनमूलक होटल, पर्यटन उद्योगमा ५ प्रतिशतसम्म ब्याजमा ऋण दिन १ खर्बको पुनर्कर्जा कोष स्थापना गरेको पनि सरकारले जनाएको छ ।





























प्रतिक्रिया