आगामी आर्थिक वर्षको बजेट भोलि आउँदै

आगामी आर्थिक वर्षको बजेट भोलि आउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।

नेपालको संविधान बमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउसो ३ः४५ बजे अगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन् ।

आजको बैठकमा सभामुख सापकोटाले सार्थक वार्ता र संवादका निम्ति सुझाव र अध्ययनका लागि गत साउन २० मा गठित कार्यदलको अवधि संसद्को चालू अधिवेशनसम्म कायम हुने गरी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । संयुक्त बैठकपछि बिहीबार साँझ ६ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ ।

Skip This
Skip This
Logo