वाग्मती प्रदेशसभाको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

वाग्मती प्रदेशसभाको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

केन्द्रबिन्दु
0
Shares

हेटौंडा ।

सोमबारदेखि शुरु भएको वाग्मती प्रदेशसभाको अधिवेशनमा आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भएको छ । सोमबारको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पेस गरे ।

यसैगरी आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्न बनेको अध्यादेश पेस गरे।

आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ पेस गरे । वाग्मती प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम पेस गर्ने जानकारी प्रदेशसभाको बैठकमा दिइएको थियो ।

Logo