४ सयले बढ्यो सुनको मूल्य, कति छ आज बजार भाउ ?

४ सयले बढ्यो सुनको मूल्य, कति छ आज बजार भाउ ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । विहिबार ८ सय रुपैंयाँले घटेको सुन आज ४ सयले बढेको हो ।

यस हप्ता आइतबार २ हजार ३ सयले घटेको थियो । सोमबार ८ सयले घटेको थियो । सुन मंगलबार भने ६ सयले बढेको थियो । बुधबार १ सयले बढेको सुन विहिबार ८ सयले घटेको थियो।

गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला ८ सयले बढेको थियो । मंगलबार ११ सयले बढेको थियो । बुधबार ३ सयले बढेको सुन विहिबार १३ सयले घटेको थियो । शुक्रबार पनि सुन एक सयले घटेको थियो ।

आज सुन प्रतितोला ९२ हजार ५ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार कायम गरिएको छ । चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदी १५ रुपैंयाँले बढेर १ हजार २६० रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Logo