सेलपे र सिभिल बैंकबीच सहकार्य

सेलपे र सिभिल बैंकबीच सहकार्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सिभिल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका उपप्रमुख कार्यकारी अधिकारी सुनिलकुमार पोखरेल र सेलकम प्रा.लिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

सेलपे, सेलकम प्रा.लिद्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो । जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपेमार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ ।

ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट सिभिल बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन (पाउन, बिमा रकम भुक्तानी गर्न ) सकिने छ । ०६७ मङ्सिर १० मा स्थापना भएको सिभिल बैंकले ११३ शाखाहरु र ८५ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पु¥याउँदै आएको छ ।

Skip This
Skip This
Logo