सरकारको नीति तथा कार्यक्रममा विकास निर्माणलाई प्राथमिकता

सरकारको नीति तथा कार्यक्रममा विकास निर्माणलाई प्राथमिकता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता राखेको भएपनि भौतिक पूर्वाधारका पुराना कार्यक्रमलाई पनि निरन्तरता दिने भएको छ । शुत्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको जानकारी दिएकी हुन् । गत आर्थिक वर्षमा मदन भण्डारी राजमार्ग निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको सरकारले अहिले पनि सोही समयावधी राखेर राजमार्ग निर्माण गर्ने कार्यक्रमलाई समावेश गरिएको हो ।

सरकारले मदन भण्डारी राजमार्ग निर्माण गरी एक वर्षभित्र १ सय ५५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्यक्रम अघि सारेको छ । जनस्वास्थ्य र पूर्वाधारमा ठूलो बजेट विनियोजन गर्नुपर्ने वर्तमान आवश्यकतासँगै सरकारले भौतिक पूर्वाधारका पुराना कार्यक्रमलाई पनि यथावतरुपमा निरन्तरता दिने भएको छ । सरकारले तीन वर्र्षभित्र मध्यमहाडी पुष्पलाल लोकमार्गको निर्माण सम्पन्न गर्ने, हुलाकी राजमार्गको २ सय ५० किलोमिटर र उत्तर–दक्षिण लोकमार्ग अन्तर्गत कालिगण्डकी कोरिडोरको ९० किलोमिटर कालोपत्रे गर्ने भएको छ । कोशी र कर्णाली कोरिडोरको ट्रयाक स्तरोन्नतीको काम शुरु गर्ने, नागढुंगा नौबिसे सडकखण्ड अन्र्तगतको सुरुङमार्गको २ दशमलव ६८ किलोमिटरमध्ये १ किलोमिटर सुरुङ खन्ने काम आगामी आर्थिक वर्ष गर्ने कार्यक्रम छ ।

यस्तै सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माण शुरु गर्ने, पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक चार लेनको बनाएर सम्पूर्णं खण्डलाई चार लेनको दु्रत मार्गको रुपमा विकास गर्ने, नारायणगढ–बुटवल खण्ड र कमला कञ्चनपुर खण्डको विस्तार कार्य तीन वर्षभित्र सम्पन्न गर्ने, बेत्रावति–साफ्रुबेसी टोखा–छहरे गुर्जे भन्ज्याङ–खुटीया दिपायल लगायतका सुरुङ निर्माणको काम अघि बढाइने, रसुवागढी काठमाडौं रेलमार्ग, विरगञ्ज काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक काम शुरु गरिने भएको छ ।

त्यस्तै पुर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजनाको पूर्व तयारी सम्पन्न गरी काकडभिट्टा—इनरुवा खण्डको निर्माण शुरु गर्ने र विद्युतीय यातायात प्रणालीलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि सरकारले ल्याएको छ ।

Skip This
Skip This
Logo