काठमाडौं ।
सरकारले वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किएका युवालाई उद्यमशिल बन्नको लागि सुरुवाती पूँजी दिने भएको छ।
आगामी वर्ष २०७७/७८ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका हरेक यूवालाई सरकारले स्वदेशमै अवसर दिने तथा उद्यमशिल बन्नको लागि सुरुवाती लगानी गरिदिने बताएकी छिन् । त्यस्तै, वैदेशिक रोजगारीबाट स्वदेश फर्किएकालाई स्वदेशमै अवसरका लागि सरकारले वातावरण सिर्जना गर्ने गरि नीति अगाडि ल्याएको छ।
विश्व महामारी बनेको कोरोना भाइरसका कारण वैदेशिक रोजगारीबाट करिब १२ देखि १५ लाख युवा नेपाल फर्कन सक्ने सरकारले अनुमान गरेको छ भने स्वदेशमै रोजगारीमा रहेकाहरु पनि करिब ११ लाख बेरोजगार हुन पुग्ने पनि बताएको छ। यस्तो अवस्थाका युवालाई उद्यमशीलता सञ्चालन गर्ने हो भने शैक्षिक प्रमाणपत्र धितो राखेरै सुरुवाती पूँजी दिने नीति कार्यक्रम तय गरेको देखिन्छ ।
आगामी वर्षमा ३ हजार मेगावाट विद्युत उत्पादन
सरकारले आगामि आर्थिक वर्षमा ३ हजार मेगावाट विद्युत उत्पादन गर्ने भएको छ। यस्तै दुई वर्षभित्र देशभरी पूर्ण विद्युतीकरण गरिने भएको छ । राष्ट्रिय प्रसारण र प्रणाली नपुगेका ठाउँमा २०० वटा सौर्य मिनिग्रीड सञ्चालन हुने भएका छन् ।
दुई वर्षमा चुहावट ७ प्रतिशत घटेको छ । आगामी वर्ष बिजुली खपत बढाएर वार्षिक प्रतिव्यक्ति ३५० युनिट पुर्याइने भएको छ । हाल यस्तो खपत २६० युनिट रहेको छ ।
यस वर्ष १२०० मेगावाटको बुढीगण्डकी र ७५० मेगावाटको पश्चिम सेती आयोजनाको काम अघि बढाइने भएको छ । नेपालको पानी जनताको लगानीबाट माथिल्लो अरुण, तामाकोसी ५, कर्णाली र जगदुल्ला आयोजना बनाउने सरकारको योजना छ ।































प्रतिक्रिया