कोरोनाले विकासको गति प्रभावित भयो : राष्ट्रपति

कोरोनाले विकासको गति प्रभावित भयो : राष्ट्रपति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोरोना भाइरस संक्रमणका कारण विकासको गतिमा गम्भीर रुपमा असर पु¥याएको सरकारले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले लिएको विकासको गतिमा गम्भीर धक्का दिएको बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले कोरोना अघिसम्म आर्थिक वृद्धि दोहोरो अंकको भएको भन्दै तिब्र रुपमा अघि बढेको बेला कोरोना जस्तो महामारीको चपेटाका कारण मुलुकको विकासमा ठुलो धक्का पुगेको बताइन् ।

त्यस्तै, सरकारको अबको प्राथमिकता स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनर्उत्थान रहेको राष्ट्रपति भण्डारीको भनाइ थियो । सरकारले कृषि र रोजगारीलाई पनि बजेटको प्राथमिकतामा राखेको छ ।

Logo