जेष्ठ २ मा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

जेष्ठ २ मा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले जेष्ठ २ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । संसद् सचिवालयले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्ततु गर्ने कार्यसूची जेठ २ गते सार्वजनिक गरेको हो ।

नीति तथा कार्यक्रम सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नेछिन् ।
त्यसअघि संसदमा वैशाख २८, २९ र ३० गते प्रि बजेट छलफल हुने भएको छ । गत वर्ष सरकारको नीति तथा कार्यक्रम शुरुमा पेश गरिएको थियो । तर, यस पटक कोरोना भाइरसको जोखिमका कारण  संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रमलाई पछाडि धकेलिएको हो ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संयुक्त सदनमा बजेट पेस गर्नुपर्ने प्रावधान रहेको छ । साथै त्यसको १५ दिन पहिले नै प्रि बजेट छलफल गर्नुपर्ने हुन्छ ।

Logo