आइएमएस ग्रुपद्वारा पत्रकार महासंघलाई सातहजार थान मास्क हस्तान्तरण

आइएमएस ग्रुपद्वारा पत्रकार महासंघलाई सातहजार थान मास्क हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
आइएमएस ग्रुपद्वारा नेपाल पत्रकार महासंघ, काठमाडौंलाई बुधबार सातहजार थान मास्क हस्तान्तरण गरेको छ ।

यतिबेला विश्वव्यापी महामारी कोरोना भाइरसका कारण सारा विश्व संकटमा छ र सामाजिक दूरीलाई बढावा दिन सरकारले निर्देशन पनि दिएको छ । तर अझै पनि पत्रकारहरु घरबाट बाहिर निस्किएर आफ्नो कार्य र कर्तव्य पालना गर्दै देशको सेवा गर्दैछन् ।

कोरोनाको विश्वव्यापी महामारी सुरु भएदेखि नै मास्कको अभाव भएको थियो । आईएमएस ग्रुुपका अध्यक्ष दीपक मल्होत्राले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत मास्क प्रदान गरिएको बताएका छन् । यसले कोरोना संक्रमणबाट जोगाउन सहयोग पुग्ने उनको विश्वास छ ।

Logo