एनआईसी एशियाका एटिएमहरूमा अब मास्टरकार्डको डेबिट तथा क्रेडिट कार्डहरु प्रयोग गर्न सकिने

एनआईसी एशियाका एटिएमहरूमा अब मास्टरकार्डको डेबिट तथा क्रेडिट कार्डहरु प्रयोग गर्न सकिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि यस बैंकको पिओएस टर्मिनल तथा एटिएमहरूमा उक्त कम्पनीका डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न सकिने सुविधा ल्याएको छ ।

यस व्यवस्थासँगै अब कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टरकार्डका डेबिट तथा क्रेडिट कार्यहरूको प्रयोग ग्राहकवर्गहरूले यस बैंकको पिओएस टर्मिनलमार्फत कारोबार रकम भुक्तानी तथा एटिएम मेसिनहरूबाट नगद निकाल्न र मौज्दात सोधपुछ सुविधाका लागि प्रयोग गर्न सक्नेछन् । नेपालमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या बढ्दो क्रममा रहेको र विशेष गरी सेवा क्षेत्रहरू जस्तै होटल, रेष्टुरेन्ट, पर्यटन क्षेत्रमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या यथेष्ट रहेकोले मास्टरकार्डको यस सुविधासँगै एनआईसी एशिया बैंकले मर्चेन्ट भुक्तानी सेवामा थप टेवा पुर्याएको छ ।

यस विपतको घडिमा आफ्ना आदरणीय ग्राहक महानुभावहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै बैंकले यसअघि नै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सै घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ । यस्तै ग्राहक महानुभावहरूलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरू पूरा गर्न पनि उत्प्रेरित गरिएको छ । ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरूले घरबाटै निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ ।

यस विषम परिस्थितिमा ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

Skip This
Skip This
Logo