विराटनगरबाट एक करोडभन्दा बढी भारतीय रकम बरामद

विराटनगरबाट एक करोडभन्दा बढी भारतीय रकम बरामद

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

एकीकृत भन्सार जाँच चौकी विराटनगरमा जाँचका क्रममा ठूलो राशीको भारतीय रकम आज बरामद गरेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

सो जाँच चौकीबाट नेपाल भित्र्याउन लागेको एक करोड नौ लाख ७९ हजार ५३० भारतीय रकम दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । भारतको सुपौलबाट डब्ल्युबी ७३ ई ७६७७ नंको ट्रकलाई खानतलासीका क्रममा कार्टुनमा लुकाइराखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले ट्रकका चालक रवीकुमार शर्मा र सहचालक पप्पुकुमारलाई नियन्त्रणमा लिएको र उनीहरु दुवै जना भारतीय नागरिक रहेको बताइएको छ । सो ट्रक विराटनगरबाट सामान लिएर भारतको सिलिगुडी जानका लागि विराटनगर भित्रिएको र सो रकम हुुण्डी कारोवारीको हुन सक्ने प्रहरीको अनुमान छ । बरामद रकम राजश्व कार्यालय इटहरीमा बुुझाइएको सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए ।रासस

Skip This
Skip This
Logo