लकडाउनमा पनि दैनिक ५ हजार स्मार्ट लाइसेन्स प्रिन्ट हुदै

लकडाउनमा पनि दैनिक ५ हजार स्मार्ट लाइसेन्स प्रिन्ट हुदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएसँगै मुलुक गत चैत ११ गते देखि लकडाउनमा रहेको छ । लकडाउन भएता पनि कतिपय सरकारी कामहरु रोकिएका छैनन् । भाइरस नियन्त्रण तथा रोकथामको लागि देश लकडाउन भएतापनि यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छपाईको काम निरन्तर रुपमा भइरहेको जनाएको छ ।

ट्रायल पास गरेर करिब ७ लाख सवारी चालक लाइसेन्सको लागि कुरेर बसेका छन् । उनीहरुले ट्रायल पास गरे पनि स्मार्ट कार्ड भने पाएका छैनन् । त्यसैले लकडाउनमा पनि कार्ड प्रिन्टको काम भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

उनका अनुसार विभागले यो आर्थिक वर्ष भित्र ट्रायल पास गरेर बसेका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र दिने गरि कार्ड प्रिन्टको काम भइरहेको छ । उनले भने, अब नवीकरण दस्तुर तिरेर गोजीमा रसिद लिइहिडेका र ट्रायल पास गरेर प्रतीक्षामा बसेका ३ लाख सवारी चालकले लकडाउन खुले लगत्तै सवारीचालक अनुमतिपत्र पाउने छन् । स्थिती सामान्य हुने बित्तिकै दैनिक एक लाख जनाभन्दा बढीले लाइसेन्स पाउने गरि काम भइरहेको छ।

धेरै कार्ड प्रिन्ट गर्न सक्ने मास प्रिन्टर मेसिन खरिद गरि ल्याएको आठ महिनामा पनि कार्ड छाप्न नसकेर सर्वसाधारणलाई रसिद बोकेर हिड्न बाध्य पारेको विभागले बल्ल लकडाउनको समयमा आएर छपाइ कार्यलाई तीव्रता दिएको छ ।

लकडाउनको करीब दुई साता रोकेको छपाइ तेस्रो साता एक सिफ्ट र यतिबेला तीन सिफ्टमा छपाईको काम गर्दै आएको विभागले यतिबेला नयाँ आवेदन लिने र नवीकरणको काम गर्नु नपरेकोले प्रक्रिया पूरा गरेर पनि बाँकी कार्ड छापिरहेको महानिर्देशक हमालले जानकारी दिए । ‘लकडाउनको दुई हप्ताजति काम गरिएन तर लकडाउन लम्बिने भएपछि हामीले छपार्इलाई निरन्तरता दिएका छौं । उनले भने

प्रत्येक सिफ्ट ६ घण्टाको छ । ४ घण्टा लाइसेन्स छापेपछि करीब एक घण्टा मेसिनलाई आराम दिइन्छ । यसैले तीन सिफ्टको १८ घण्टामा १४ घण्टाजति मात्रै मेसिन चलाउन सकिने विभागले जनाएको छ ।

अहिले मास प्रिन्टरमार्फत छपाइ भइरहेको छ । विभागसँग एउटा मास प्रिन्टर, ७ लाख कार्ड र चारवटा साना मेसिन छन् । तीन सिफ्टमा गरि करीब पाँच हजार लाइसेन्स दैनिक छपाइ भइरहेको छ भने लकडाउनपछि मात्रै ८० हजारको हाराहारीमा लाइसेन्स छापिसकेको छ।

‘अहिले नयाँ माग हुने अवस्था नभएकाले यो हाम्रा लागि छाप्न बाँकी काम सक्ने अवसर पनि हो। यही आर्थिक वर्षमा शून्यमा झार्ने लक्ष्य अनुसार लागेका छौं, उनले भने, यो आर्थिक वर्षभित्र ती सबैले लाइसेन्स पाउँछन् ।’

Logo