काठमाडौं ।
जेठ मसान्तसम्म बीमाशुल्क संकलन गर्न सकिने भएको छ । कोरोना भाइरसका कारण सम्पूर्ण अर्थतन्त्र अस्तव्यस्त बनेको छ । सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको समयदेखि बीमा क्षेत्र पनि ठप्प छ ।
तर अनलाईनका माध्यमबाट पनि कारोबार भइरहेको छ । सरकारले लकडाउनको समय थपेसँगै बीमा शुल्क संकलन गर्ने समय पनि थप गरेको छ । सरकारले विहिबार थप राहत प्याकेजको घोषणा गर्दै बीमा शुल्क संकलन गर्ने समय पनि थप गरेको हो ।
सो अवधिको व्याज पनि नलाग्ने सरकारले निर्णय गरेको छ । यस अघि बीमा समितिले बैशाख मसान्तसम्मको लागि व्याज नलाग्ने व्यवस्था गरेको थियो । त्यस्तै, सरकारले बीमा अवधि सकिएको बीमालेखको विद्युतिय माध्यमबाट लिखित अनुरोध आएमा नविकरण गर्ने व्यवस्थालाई लकडाउन सकिएको मितिले १५ दिनसम्म कायम गर्ने व्यवस्था पनि गरेको छ ।
सरकारको निर्णय अनुसार निर्जीवन बीमा कम्पनीले तत्काल सिर्जना हुने दाबी भुक्तानी गर्न विद्युतीय माध्यमबाट निबेदन प्राप्त भएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्न समेत निर्देशन दिएको छ ।





























प्रतिक्रिया