काठमाडौं ।
विकास आयोजनाका गतिविधि तीव्र हुने समयमै यसपटक मुलुक बन्दाबन्दी (लकडाउन) मा परेपछि विकास (पूँजीगत) खर्च ५० प्रतिशत पनि नहुने देखिएको छ। नेपालमा विकास आयोजनाहरुमा काम हुने समय मंसिरदेखि जेठसम्म हो।
सरकारले वैशाख १५ सम्म चालु आर्थिक वर्षको विकास बजेट २७.९ प्रतिशतमात्र खर्च गरेको छ। काम गर्ने समय डेढ महिनामात्र बाँकी रहेका बेला यो वर्ष विकास खर्च लक्ष्यको ५० प्रतिशत पनि नपुग्ने देखिएको हो।
चालु आर्थिक वर्ष सरकारले ४ खर्ब ८ अर्ब रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेको थियो। वैशाख १५ सम्ममा एक खर्ब १० अर्ब रुपैयाँमात्र खर्च भएको छ। अघिल्ला वर्षहरुमा वैशाखसम्म आउँदा कम्तीमा लक्ष्यको ४० प्रतिशतभन्दा माथि नै खर्च हुने गरेको थियो।
विकास खर्च ५० प्रतिशत पुग्न पनि अबका बाँकी दिनमा औसतमा सवा अर्ब रुपैयाँका दरले खर्च गर्नुपर्ने हुन्छ । अहिले सरकारको दैनिक औसत खर्च ४० करोड रुपैयाँ छ।
२०४६ सालको राजनीतिक परिवर्तनपछिका वर्षहरुमा मुलुकमा विभिन्न किसिमका समस्या आएका थिए । माओवादी द्वन्द्व, बारम्बारका बन्द हडताल, जनआन्दोलन, महाभूकम्पजस्ता विविध समस्या आए पनि लक्ष्यको आधा पनि खर्च हुन नसकेको यो पहिलो वर्ष हो । २०७२ वैशाखमा आएको भूकम्पका कारण त्यसपछिको बाँकी दिनमा काम हुन नसक्दा पनि विकास खर्च ७० प्रतिशतभन्दा माथि पुगेको थियो। विगत १० वर्षयता विकास खर्च जहिले पनि ७० प्रतिशतभन्दा बढी नै थियो।
यो वर्ष विकास खर्च कम हुनुमा कोरोना समस्या मात्र नभएर कोरोनाभन्दा अगाडिको समयमा पनि काम नहुनु हो । सरकारले चैत अगाडि साढे २३ प्रतिशतमात्र विकास खर्च गरेको थियो। फागुन मसान्तसम्म विकास बजेट ९६ अर्ब ४८ करोड मात्र खर्च भएको थियो।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि मुलुकभर बन्दाबन्दी घोषणा गरेको छ। यो अवधिमा दुईचारवटा बाहेक अन्य कुनै पनि आयोजनामा काम भएको छैन।नागरिकबाट





























प्रतिक्रिया