काठमाडौं ।
सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि देश लकडाउन भएपछि भाडामा बस्ने श्रमिकलाई चैत महिनाको भाडा मिनाहा गर्न आग्रह गरेको थियो । सोहि अनुसार घरधनिले श्रमिकहरुलाई घरभाडा मिनाहा गरे-नगरेको अनुगमन स्थानीय तहले गर्ने बैशाख १४ गते बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
सम्बन्धित घर धनिले कोरोनाका कारण रोजगारी वा काम गुमाएका असंगठित बाहेकका अन्य श्रमिकसँग लकडाउन अवधिभर घरभाडा माग नगर्ने र निजहरुले आम्दानी गरे पश्चात घरबहाल रकम भुक्तानी गर्न पाउने सुविधा प्रदान गर्ने निर्णयसमेत गरेको छ ।
घरभाडा छुट गरेका घर धनिलाई सो महिनाको घरबाहल कर र त्यसबाट हुने आय कर छुट गर्ने निर्णय यसअघि नै सरकारले गरिसकेको थियो ।































प्रतिक्रिया