नेपाल लाइफ र भन्सार विभागका प्रमुखबीच भेटघाट

नेपाल लाइफ र भन्सार विभागका प्रमुखबीच भेटघाट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बीमा क्षेत्रबाट सबैभन्दा धेरै राजस्व दाखिला गरेबापत उत्कृष्ट करदाता सम्मान २०७४/७५ बाट सम्मानीत नेपाल लाइफ र राजस्व संकलन गर्ने सरकारी निकाय भन्सार विभाग प्रमुखबीचको बुधबार भेटवार्ता भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच भएको छलफलमा आपसी हितमा काम गर्ने सहमति भएको छ । भेटका अवसरमा भन्सार विभागका महानिर्देशक दाहालले आफ्ना भन्सार विभागका कर्मचारीमा जीवन बीमा सचेतना अभिबृद्धि गर्न साथ र सहयोगको अपेक्षा व्यक्त गरे । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईले आफ्नो व्यक्तिगत तथा कम्पनीको तर्फबाट बीमा जागरणमा सदैव भूमिका रहने प्रतिवद्धता व्यक्त गरे ।

भन्सार विभागका महानिर्देशक दाहालले र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईले एक आपसमा आवश्यकताका आधारमा सहयोग तथा सहकार्य गर्दै जाने बताए । उक्त भेटघाट भन्सार विभागको कार्यालय, त्रिपुरेश्वरमा भएको थियो ।

Logo