मोबाइल फोन इम्पोटर्स एशोशिएसनद्वारा नेपाली सेनालाई मास्क हस्तान्तरण

मोबाइल फोन इम्पोटर्स एशोशिएसनद्वारा नेपाली सेनालाई मास्क हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ,
कोभिड-१९ महामारी नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोटर्स एशोशिएसन (एमपिआइए) ले मंगलबार नेपाली सेनाको सैनिक स्वास्थ्य महानिर्देशनालयलाई १० हजार थान मास्क हस्तान्तरण गरेको छ ।

भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित समारोहमा एशोशिएसनका अध्यक्ष दिपककुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

अध्यक्ष दिपककुमार मलहोत्राले यस सहयोगले कोभिड १९ महामारीविरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।

Logo