आज पनि बढ्यो सुनको मूल्य

आज पनि बढ्यो सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । साताको चौथो दिन सुनको मूल्य आज १ सय रुपैयाँले बढेको हो । आइतबार २ हजार ३ सयले घटेको थियो । सोमबार ८ सयले घटेको थियो । सुन मंगलबार भने ६ सयले बढेको थियो ।

गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला ८ सयले बढेको थियो । मंगलबार ११ सयले बढेको थियो । बुधबार ३ सयले बढेको सुन विहिबार १३ सयले घटेको थियो । शुक्रबार पनि सुन एक सयले घटेको थियो ।

आज सुन प्रतितोला ९२ हजार ९ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय कायम गरिएको छ । चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदी १० रुपैंयाँले बढेर १ हजार २६० रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Logo