काठमाडौं ।
चालु आर्थिक वर्षको वर्षको फागुन (आठ महिना) मा विप्रेषण (रेमिट्यान्स) बढेको छ । कोरोना संक्रमणका कारण १ खर्ब घट्ने अनुमान गरिएपनि फागुनसम्म महिनाको रेमिट्यान्सलाई भने खासै असर पारेको छैन । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्थाले रेमिट्यान्समा असर नपरेको देखिएको हो ।
राष्ट्र बैंकका अनुसार फागुन महिना सम्ममा १.८ प्रतिशतले रेमिट्यान्स बढेको छ । यस अवधीमा रेमिट्यान्स ५ खर्ब ९२ अर्ब ४२ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले बढेको थियो ।
फागुनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २४.२ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो ।





























प्रतिक्रिया