आन्तरिक पर्यटक बढाउनु पर्नेमा पर्यटन मन्त्री भट्टराईको जोड

आन्तरिक पर्यटक बढाउनु पर्नेमा पर्यटन मन्त्री भट्टराईको जोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पर्यटनमन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटक बढाउनु पर्ने बताएका छन् । विदेशी पर्यटक तत्काल आउने सम्भावना नभएकाले आन्तिरिक पर्यटक बढाउनुको विकल्प नभएको मन्त्री भट्टराईले बताए । त्यसका लागि १ महिनाको पर्यटन बिदा दिन सकिने मन्त्री भट्टराईको भनाई थियो ।

आर्थिक पत्रकार समाज नेपाल (सेजन) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले कोरोना भाइरसका कारण तत्काल विदेशी पर्यटक आउने सम्भावना कम भएकाले आन्तरिक पर्यटक बढाउनु पर्नेमा जोड दिएका हुन् । ‘अर्थतन्त्रलाई रिभाइभ गर्नु पर्नेछ, त्यसका लागि आन्तरिक पर्यटक बढाउनुको विकल्प छैन, सबै क्षेत्रका कर्मचारीलाई वर्षको एक महिना पर्यटन बिदा दिन सकिन्छ ।’ मन्त्रीले भट्टराईले भने ।

साथै कोरोनाका कारण पर्यटन क्षेत्र निकै प्रभावित भएकाले पर्यटन क्षेत्रमा भएका कर्मचारीलाई वैकल्पिक काममा लगाउन समेत सकिने उनको भनाइ थियो । हाल पर्यटन क्षेत्रमा १५ खर्ब ९५ अर्ब रुपैयाँ लगानी छ । ७ लाख २० हजार भन्दा बढीले यस क्षेत्रबाट प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । कोरोनाका कारण पर्यटन क्षेत्रमा कति क्षति भएको छ ,त्यसको एकिन तथ्यांक नआएको तथा समिति बनाई अध्ययन् भइरहेको मन्त्री भट्टराईले बताए ।

Skip This
Skip This
Logo