मेलम्ची खानेपानी आयोजनाको काम बन्द गर्न आग्रह

मेलम्ची खानेपानी आयोजनाको काम बन्द गर्न आग्रह

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।

जिल्लाको हेलम्बु गाउँपालिकाको विहिबार बसेको कार्यपालिकाको बैठकले मेलम्ची खानेपानी आयोजनालाई काम बन्द गर्न आग्रह गरेको छ । गाउँपालिका हुँदै आयोजनाका आवश्यक सामग्री ढुवानी गर्नुपर्ने हुँदा सर्वसाधारणमा भय र त्रास बढेकाले कार्यपालिकाले काम बन्द गर्न आग्रह गरेको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालयले गापामा औषधि र खाद्यवस्तु बाहेकका कुनै पनि गाडी प्रवेश गर्न नदिनु भन्ने परिपत्र बमोजिम आयोजनाका गाडी प्रवेशमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

त्यसैगरी बैठकले गापाको कामबाहेक कर्मचारी र जनप्रतिनिधिलाई गाउँपालिका बाहिर जान रोक लगाएको छ ।रासस

Skip This
Skip This
Logo