वित्तीय संस्थाहरुलाई नियमित रिपोर्टिङ बुझाउन राष्ट्र बैंकको निर्देशन

वित्तीय संस्थाहरुलाई नियमित रिपोर्टिङ बुझाउन राष्ट्र बैंकको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अब बैंक तथा वित्तीय संस्थाहरुले नियमित रिपोटिङ गर्नुपर्ने भएको छ ।

बिहिबार नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नियमित रिपोर्टिङ बुझाउन निर्देशन दिएको छ । यसअघि राष्ट्र बैंकले लकडाउन पछि अवस्था सामान्य भएर कार्यालय खुलेको सात दिनभित्र रिपोर्टिङहरु बुझाउन निर्देशन दिएको थियो । तर लकडाउन थपिंदै गएकाले हरेक दिन रिपोर्टिङ गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्र बैंकले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव मूल्याङ्कन तथा अध्ययन गर्न वित्तीय क्षेत्रको तथ्याङ्कहरु नियमित उपलब्ध हुनु पर्ने हुँदा संक्रमणको जोखिमबाट सुरक्षित रहने उपाय अवलम्बन गरी नियमित रिपोर्टिङ गर्न निर्देशन दिएको हो ।

Logo