विजुलीको बिल अनलाईन भुक्तानीमा २ प्रतिशत छुट

विजुलीको बिल अनलाईन भुक्तानीमा २ प्रतिशत छुट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले २ लाख रुपैँयासम्मको अनलाईन भुक्तानीमा २ प्रतिशत छुट दिने भएको छ ।

प्राधिकरणले तोकिएको निश्चित समयभित्र भुक्तानी गर्ने ग्राहकलाई २ प्रतिशत छुट दिन लागेको हो । मासिक १ लाख रुपैयाँ सम्मको बिजुलीको बिल भुक्तानी अनलाईनबाटै गर्न सकिने प्राधिकरणले जनाएको छ । १ लाख रुपैयाँभन्दा बढी बिजुलीको बिल तिर्ने ग्राहकले नजिकैको वितरण केन्द्रसँग समन्वय गरी बैंकिङ प्रणाली मार्फत बिल भुक्तानी गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार मिटर रिडिङ भएको मितिले ७ दिनभित्र बिजुलीको बिल भुक्तानी गर्दा २ प्रतिशत छुट पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार छुट दिन लागेको प्राधिकरणले जनाएको छ । मुलुकमा लकडाउन भइरहेका बेला सबै भुक्तानी काउन्टरहरु बन्द भएकाले प्राधिकरणले अनलाइनमार्फत भुक्तानी गर्दा छुट दिने व्यवस्था गरेको हो ।

कोरोना महामारीका कारण समयमै बिल नतिरे लाग्ने जरिवाना नलिने निर्णय यसअघि नै गरेको थियो । त्यस्तै, चैत महिनाको बिजुलीको बिलमा २५ प्रतिशत छुट दिने निर्णय पनि प्राधिकरणले यसअघि नै गरिसकेको छ ।

Logo