सेलपेको सेवामा नयाँ सुबिधाहरु थप

सेलपेको सेवामा नयाँ सुबिधाहरु थप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकमको सेलपे सेवाले ग्राहकहरुको माग अनुरुप नयाँ सुबिधाहरु थप गरेको छ ।

ग्राहकहरुले अब सजिलै सेलपे मोबाइल वा वेब एप्लिकेशन प्रयोग गरी सहज रुपमा सेलपेसँग आबद्ध भएका बिभिन्न बिमा कम्पनीको बिमा रकम भुक्तानी र स्याकार इन्भेष्टमेन्ट कम्पनीका इएमआई भुक्तानी गर्नुका साथै ग्राहकले आफूले पठाएको रकम प्रापकले सिटी एक्स्प्रेस मनीट्रान्स्फरको नेपाल भरीका आफूलाई पायक पर्ने जुनसुकै रेमिटेन्स एजेन्टबाट प्राप्त गर्न सक्नेछन् ।

हाल विश्वभरी फैलिदै गरेको कोरोना भाइरस (कोविड १९) को संक्रमणबाट बच्नका लागि नेपाल सरकारबाट सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको छ । यस्तो बेलामा सेल पे ले यी थप सेवा र सुबिधाले सेलपेका ग्राहकहरुलाई सामाजिक दुरी कायम गर्नका साथै आफ्नो आवश्यक रकम भुक्तानीका कामहरु गर्न पनि सहजता पुर्याउने विश्वास लिएको छ ।

सेलपेका ग्राहकहरुले यस थप सेवाहरुको फाईदा लिनको लागि आफ्नो सेलपे एप्पमा गई हालै नयाँ थपिएका आइकन इएमआई र इन्सुरेन्समा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको सेलपेसँग आबद्ध भएका कम्पनीको लोगो छनौट गरी सजिलै आफ्नो आवश्यकता अनुरुप रकम भुक्तानी गर्न सक्नेछन् ।

यसका साथै देशभित्र कुनै पनि ठाउँमा सजिलै पैसा पठाउनका लागि ग्राहकहरुले रेमिट्यान्स आइकनमा क्लिक गरी आफ्नो इच्छा अनुरुप सिटी एक्स्प्रेस मनीट्रान्स्फर एजेन्ट छनौट गरे पश्चात पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् । यसरी पैसा पठाईसके पछि प्रेषकले आफ्नो सेलपे एप्पमा एउटा यूनिक आइडी प्राप्त गर्नेछन् र त्यस यूनिक आइडी प्रेषकले प्रापकलाई दिनुपर्नेछ र प्रापकले देशैभरी रहेका विभिन्न सिटी एक्स्प्रेस मनी ट्रान्स्फरका रेमिट्यान्स एजेन्ट मध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त यूनिक आइडी देखाएर सरल रुपमा पैसा प्राप्त गर्न सक्नेछन् ।

सेल पे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।

सेल पेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर वास्तविक समयमा गर्न सकिन्छ । यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आबद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेल पे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्प स्टोरमा उपलब्ध छ ।

Logo