हिमालय एयरलाइन्सद्वारा कोरोना संक्रमण रोकथाम कोषमा १ करोड सहयोग

हिमालय एयरलाइन्सद्वारा कोरोना संक्रमण रोकथाम कोषमा १ करोड सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हिमालय एयरलाइन्सले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई आज सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चेक हस्तान्तरण गरेका थिए ।

सरकारले शुरु गरेको यो कोषमा हाल सम्म २ अर्ब भन्दा धेरै जम्मा भइसकेको छ भने सहयोग आउने क्रम पनि बढिरहेको छ ।

Logo