सिटिजन्स बैंकद्वारा डिजिटल भर्सनको क्यालेन्डर सार्वजनिक

सिटिजन्स बैंकद्वारा डिजिटल भर्सनको क्यालेन्डर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वि.सं.२०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । बैंककोे बिदाको सूची समावेश गरि पर्व, दिवस, पञ्चांग तिथि, तारिखसहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कम्प्यूटर माक्लिक गरी क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गर्नु भएको हो ।

सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको ए.टि.एम कुनै पनि बैंकको ए.टि.एममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

Skip This
Skip This
Logo