एनसेलद्वारा सरकारलाई दिनु पर्ने सम्पूर्ण पूँजीगत लाभकर चुक्ता

एनसेलद्वारा सरकारलाई दिनु पर्ने सम्पूर्ण पूँजीगत लाभकर चुक्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

दुरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले स्वामित्व हस्तान्तरण हुँदा सिर्जना भएको सम्पूर्ण पूँजीगत लाभकर आइतबार सरकारलाई भुक्तानी गरेको छ।

ठूला करदाता कार्यालयका अनुसार एनसेलले आज बाँकी रहेको १४ अर्ब ३३ करोड रुपैयाँ कर भुक्तानी गरेको हो। यो सँगै अदालतको आदेश अनुसार बाँकी रहेको लाभकर र जरिवानासहित कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ ।

यसअघि पहिलो किस्ता बापत ४ अर्ब ५० करोड र दुई साता अघि दोस्रो किस्ता बापत ४ अर्ब ६० करोड रुपैयाँ लाभकर एनसेलले ठूला करदाता कार्यालयमा बुझाएको थियो ।

सर्वोच्च अदालतले २२ अर्ब १० करोड रुपैयाँ लाभकर निर्धारण गरेको थियो । ३ किस्ता गरेर पूँजीगत लाभकर तिरेर आजबाट एनसेलले सबै कर चुक्ता गरि यस प्रकरणको अन्त्य गरेको छ ।

Logo