धनगढी ।
हाल संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिपेक्षमा प्रदेशमा समेत त्यसको जोखिम बढेको छ ।
यहि सन्दर्भमा विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भुमिका सराहनीय रहेको भन्दै उनीहरुको सुरक्षाको लागि सनराइज बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयले व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिइ) २५ थान सेती प्रादेशिक हस्पिटलका सुपरीटेण्डेट डा. हेमराज पाण्डेलाई हस्तान्तरण गरेको छ ।
सनराइज बैंक लि.का सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले औपचारिक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरेका हुन् । अस्पतालको मेसु पाण्डेले सनराइज बैंकले स्वास्थ्यकर्मीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गर्दै व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेकोमा धन्यवाद दिए ।
बैंकका सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख शाहीले विपत्तिको समयमा राज्यलाई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउदै कोरोना संक्रमणको उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेको बताए ।
हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी पिपिइ उपलब्ध गराईसकेको छ ।































प्रतिक्रिया