काठमाडौँ ।
अटोमोबाइल्स एसोशियशन अफ नेपाल (नाडा)ले व्यवसायीहरुको ऋणको ब्याज तिर्ने समय एक वर्ष पछि सार्न आग्रह गरेको छ ।
नाडाले लकडाउनको समयलाई शुन्य समय मानेर सरकारले ब्याजको रकमलाई १ बर्ष पछि किस्तामा तिर्ने गरी सारिदिन आग्रह गरेको हो । नाडाले सो समयको ब्याजदर पनि घटाउन सरकारसँग माग गरेको छ । भारतले पनि ३ देखि ५.५ प्रतिशतसम्म कम गरेको भन्दै नाडाले सरकारसँग यस्तो माग गरेको हो ।
बजेटका लागि सुझाव दिन बिहिबार बसेको नाडा कार्यसमितिको बैठकले यस्तो माग गरेको नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । त्यस्तै, भन्सारमा रोकिएका करीब १ हजार गाडीको भन्सार छुट गराउने समय लकडाउन सकिएपछि सम्मका लागि सार्न निर्णय भएको नाडाले जनाएको छ । नाडाले जुम एप्सको माध्ययमबाट सो बैठक सम्पन्न गरेको थियो ।





























प्रतिक्रिया