दराज र बिगमार्टबीच समझदारी

दराज र बिगमार्टबीच समझदारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालको अग्रणी अनलाइन बजार, दराजले बिगमार्टसँग साझेदारी गरी आवश्यक वस्तुहरू काठमाडौं उपत्यकाभित्र डेलिभरी गर्न सुरु गर्ने घोषणा गरेको छ। उक्त साझेदारी र सरकारको अनुमतिका साथ दराज र बिगमार्टले लकडाउनमा ग्राहकहरुको घर ढोकामा दैनिक आवश्यक वस्तुहरू जतिसक्दो चाँडो पूर्याउने तयारी गरेका छन् ।

साझेदारीको रूपमा, दराजको डीमार्ट नामक किराना खण्ड बिगमार्टको अनलाइन शाखामा रूपान्तरण हुनेछ। त्यहाँ, ग्राहकहरूले बिगमार्टमा उपलब्ध आवश्यक उत्पादनहरू पाउनेछन् । साथै बिगमार्ट मार्फत उपलब्ध अफरहरूको पनि आनन्द लिन सक्दछन्।

साथै ग्राहकहरूले दराजको निम्न लिखित बैंक पार्टनरहरूको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि १० प्रतिशत अधिकतम वा ५०० को छूट पाउनेछन् : सनराइजबैंक, सनिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंक।

दराजमा बिगमार्टका सामानहरू दराज एप वा वेबसाइटको गृहपृष्ठमा सजिलै भेट्न सकिन्छ।

Skip This
Skip This
Logo