आज ६ सयले बढ्यो सुन, कति छ बजार मूल्य ?

आज ६ सयले बढ्यो सुन, कति छ बजार मूल्य ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लगातार २ दिन घटेको सुनको मूल्य आज भने केही बढेको छ । साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य आज ६ सयले बढेको हो । आइतबार २ हजार ३ सयले घटेको थियो । सोमबार ८ सयले घटेको थियो ।

गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला ८ सयले बढेको थियो । मंगलबार ११ सयले बढेको थियो । बुधबार ३ सयले बढेको सुन विहिबार १३ सयले घटेको थियो । शुक्रबार पनि सुन एक सयले घटेको थियो ।

आज सुन प्रतितोला ९२ हजार ८ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय कायम गरिएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी २० रुपैंयाँले घटेको छ । १ हजार २५० रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Logo