कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै पोल्ट्री व्यावसायी मारमा परेका छन् ।
कोरोना भाइरसको महामारीसँगै सर्वसाधारणले मासु उपभोग गर्न छोड्नुका साथै लकडाउनसँगै पसलहरु बन्द हुनाले यसको प्रत्यक्ष असर पोल्टी व्यवसायमा पर्न गएको हो । दानाको अभाव हुनु, महंगोमा किनेर दाना खुवाइ रहनुपर्ने र उत्पादित कुखुरा विक्रि नहुने समस्याले कुखुरा व्यावसायीहरुलाई समस्याले घेरिएको हो ।
नेपाली बजारमा दैनिक करिब ८ लाख किलो कुखुराको मासु बिक्री हुने गरेकोमा अहिले लकडाउन लागू भएदेखि १ लाख किलो पनि बिक्रि हुन छोडेको व्यवसायीहरुले बताएका छन् । नेपालमा वार्षिक करिव १२ करोड ७७ लाख कुखुरा उत्पादन हुन्छ । यो क्षेत्रमा १ खर्ब २० अर्ब लगानी र वार्षिक ९० अर्ब रुपैयाँ भन्दा बढीको कारोबार हुने गरेको छ । यो परिस्थितिले गर्दा व्यवसाय उठ्नै नसक्ने गरी तहसनहस हुने भएको ललितपुर टीकाथलीका कुखुरा पालक किसान धनश्याम श्रेष्ठले बताए ।
थेग्नै नसक्नेगरी घाटामा जाने अवस्था आएको भन्दै खोरमा भएको कुखुराको गणना गरी क्षतिपूर्तीको व्यवस्था गर्न किसानहरुले माग गरेका छन् । भिडियोमा :





























प्रतिक्रिया