सरकारद्वारा स्थापना गरिएको कोषमा एक अर्ब ३२ करोड जम्मा

सरकारद्वारा स्थापना गरिएको कोषमा एक अर्ब ३२ करोड जम्मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा अहिलेसम्म एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ सङ्कलन भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न सरकारले स्थापना गरेको उक्त कोषमा आइतबार मात्र १३ करोड १७ लाख ११ हजार ७५० जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए।

उनका अनुसार नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले १२ करोड, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले ५० लाख, सिभिल बैंक लिमिटेडले ४३ लाख ५० हजार, मेलम्ची नगरपालिकाले आठ लाख दुई हजार ९४८ र दुर्गाबहादुर क्षेत्रीले तीन लाख कोषमा जम्मा गरेका छन् ।

त्यस्तै कोषमा नाम नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति/संस्थाबाट कूल १२ लाख ५८ हजार ८०२ जम्मा भएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि सरकारले रकम जम्मा गर्न आह्वान गरेपछि कोषमा रकम जम्मा हुनेक्रम बढेको छ ।रासस

Skip This
Skip This
Logo