गभर्नरमा तीन जनाको नाम सिफारिस, को को परे ?

गभर्नरमा तीन जनाको नाम सिफारिस, को को परे ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरका लागि तीन जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले आगामी गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।

भावी गभर्नरका लागि राष्ट्र बैंकका डेपुटी (कामु) गभर्नर चिन्तामणि शिवाकोटी, पूर्वअर्थसचिव डा.राजन खनाल तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी सिफारिस भएका छन् ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकले गभर्नर नियुक्त गर्ने संभावना रहेको बताइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको समितिमा पूर्वगभर्नरका तर्फबाट विजयनाथ भट्टराई र पूर्वअर्थ सचिव कृष्णहरि बाँस्कोटा रहेका छन् ।

नयाँ गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुईजना छान्नु पर्ने राष्ट्र बैंक ऐन ०५८ मा उल्लेख छ । त्यस्तै, एकजना राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने ब्यवस्था छ । सोही अनुसार समितिले तीन जनाको नाम सिफारिस गरेको हो । ती सिफारिस भएका मध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्ति गर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ ।

बहालवाला गभर्नरको कार्यकाल एक महिना बाँकी हुँदै नयाँ गभर्नरका लागि प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था भएपनि सरकारले ढिलो गरी समिति बनाएपछि गभर्नर नियुक्तिको काम ढिला भएको थियो । गभर्नरको रुपमा डा.चिरन्जीबि नेपालको पाँच वर्षे कार्यकाल यहि चैत्र ५ गते सकिएको थियो । सो लगत्तै गभर्नर छनोट गर्न नसकेपछि सरकारले डेपुटी गभर्नर शिवाकोटीलाई कामु गभर्नरको रुपमा जिम्मेवारी दिएको थियो ।

शिवाकोटीले कोरोना भाइरसले समस्यामा परेका ऋणीलाई सहुलियत दिन प्याकेज ल्याएका थिए । त्यसैगरी, पूर्वअर्थसचिव खनाल गत फागुनमा सचिवबाट अवकाश भएका थिए । अर्थमन्त्री खतिवडाले स्नाकोत्तर गरेको व्यक्ति गभर्नर बन्ने बताउँदै आएका थिए । यस आधारमा डा. खनाल गभर्नर हुने भन्ने चर्चा छ । त्यसैगरी महाप्रसाद अधिकारी यसअघि पनि गभर्नर सिफारिसमा परेका थिए । तत्कालिन गभर्नर डा. युवराज खतिवडालाई सफल बनाउन अधिकारीको ठूलो हात रहेकाले उनको पनि संभावना बढी रहेको बताइन्छ ।

Skip This
Skip This
Logo