काठमाडौँ ।
सरकारले लकडाउनको समयमा पनि उद्योग प्रतिष्ठानहरु सरकारको सशर्त अनुसार खोल्न दिने निर्णय गरेको छ ।
कोरोना रोकथामस म्बन्धी उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले खाद्य र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरु खोल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ तथा संचारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
‘मुलुकभित्र खाद्यवस्तु उत्पादन गर्ने र अत्यावश्यकीय वस्तु उत्पादन गर्नेहरुलाई त्यही उद्योगभित्र कामदारहरुलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्ड पूरा गरेर चलाउन दिने भन्ने निर्णय भएको छ’उनले बताएका छन् ।
त्यस्तै ,अन्य उद्योगले पनि आफ्नै आवसीय मजदुरहरु परिचालन गरेर स्वास्थ्यका मापदण्ड पूरा गरि बाहिरि आवागमनलाई रोकेर उद्योगमा नै बस्ने व्यवस्था गरि चलाउन सके संचालनको अनुमति दिने समितिले निर्णय गरेको छ । साथै, विभिन्न खाद्य बालि लगाउन र बालि उठाउने कार्य पनि जारि राख्न निर्देशन दिएको छ ।





























प्रतिक्रिया