कोरोना रोकथाम कोषमा दूरसञ्चार प्राधिकरणको १५ करोड सहयोग

कोरोना रोकथाम कोषमा दूरसञ्चार प्राधिकरणको १५ करोड सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वभरि फैलिएको कोरोना भाइरसले सबैतिर सन्त्रास बढाएको छ । यसको रोकथामको लागि सरकारले कोरोना रोकथाम तथा उपचार कोष खडा गरेको छ । उक्त कोषमा कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल दूरसञ्चार प्राधिकरणले पनि १५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

प्राधिकरणले कोरोना भाइरस रोकथाम तथा उपचारका लागि अत्यावश्यक सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण, किट खरीद तथा क्वारेन्टाइन निर्माणका साथै संक्रमित बिरामीको उपचारमा सो रकम उपयोग गर्न सहयोग पुग्ने जनाएको छ।

कोरोना कोषमा हालसम्म सबै भन्दा ठूलो रकम सहयोग गर्ने संस्थाका रुपमा नेपाल आयल निगम भएको छ । यस अघि सरकारले ५० करोड रुपैयाँ बराबरको कोरोना कोष खडा गरेको थियो । त्यसलगत्तै बुधबार सम्म कोषमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरुले २३ करोड भन्दा बढी सहयोग जम्मा गरिसकेका छन् ।

Skip This
Skip This
Logo