काठमाडौं ।
सनराइज बैंकले नेपाली सेनाको सैनिक अस्पतालका लागि व्यक्तिगत सुरक्षा सामग्री पिपिइ हस्तान्तरण गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेलले मंगलबार भद्रकालीस्थित नेपाली सेनाको कार्यालयमा सैनिक कल्याणकारी कोषका प्रमुख सागरबहादुर केसी र सैनिक अस्पतालका डाक्टर नरेन्द्रबहादुर केसीलाई हस्तान्तरण गरेका हुन् । बैंकले ७० थान व्यक्तिगत सुरक्षा सामग्री पिपिइ सहयोग स्वरुप उपलब्ध गराएको हो ।
त्यसमा ५० थान एकपटक मात्रै प्रयोग गर्न मिल्ने र २० थान पुनः प्रयोग गर्न सकिने प्रकारका छन् । त्यसैगरी, पञ्जा, मास्क लगायतका सामग्री पनि बैंकले उपलब्ध गराएको छ । सैनिक अस्पतालका डाक्टर नरेन्द्रबहादुर केसीले बैंकले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा सामग्री पिपिई लगायतले विरामीको स्वास्थ्य उपचारमा ठूलो मद्दत पुग्ने बताए ।
बैंकले यसअघि टेकु अस्पताल, वीरअस्पताल, नेपाल प्रहरीको अस्पतालको साथै सबै प्रादेशिक अस्पतालहरुमा पिपिइ, मास्क लगायतका सामान सहयोग स्वरुप उपलब्ध गराईसकेको छ ।





























प्रतिक्रिया