काठमाडौं ।
एनसेलले भारतमा कल गर्न सस्तो प्याक सार्वजनिक गरेको छ । योसँगै एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइसँग कुरा गर्न सक्ने भएका छन् ।
कम्पनीले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्न सकिने गरि दैनिक र ३ दिने भ्वाइस प्याक ल्याएको हाे ।
कम्पनीले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको यस भ्वाइस प्याक अन्तर्गत ग्राहकले करसहित २५ रुपैयाँमा भारतको कुनै पनि नम्बरमा १० मिनेट कल गर्न सक्छन् ।
यो दैनिक प्याक हो, यसको अवधि २४ घण्टा मात्रै रहनेछ । यसका लागि प्रिपेड ग्राहकले *१७११८*७*१# डायल गर्न सक्नेछन् ।
त्यस्तै विन्टर अफर अन्तर्गत प्रिपेड ग्राहकका लागि ३ दिने भ्वाइस प्याक पनि कम्पनीले ल्याएको छ । तीन दिनको समयसीमा रहेको यो भ्वाइस प्याकमा ग्राहकले करसहित १४ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
जसमा प्रतिमिनेट १.९९ रुपैयाँ (करसहित २.५४ रुपैयाँ प्रति मिनेट) को दरमा भारत कल गर्न सकिनेछ । भ्वाइस प्याक बिना भारत कल गर्दा विद्यमान शुल्क २.९९ रुपैयाँ प्रति मिनेट (करसहित ३.८२ रुपैयाँ प्रति मिनेट) रहेको छ ।
प्रिपेड ग्राहकले *१७११८*७*२# डायल गरि यो भ्वाइस प्याक सजिलै सुचारु गर्न सक्छन् । ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरूप यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया