सुनचाँदी व्यवसायी महासंघकाे अध्यक्षमा शाक्य निर्वाचित

सुनचाँदी व्यवसायी महासंघकाे अध्यक्षमा शाक्य निर्वाचित

केन्द्रबिन्दु
0
Shares

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको नयाँ नेतृत्वमा माणिकरत्न शाक्य निर्वाचित भएका छन् । महासङ्घको  आइतबार सम्पन्न आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनबाट शाक्य अध्यक्षमा निर्वाचित भएका हुन् ।

साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षहरुमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु निर्वाचित भए । एसोसिएटस उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित र प्रवक्तामा मनोजकुमार शाह तथा सहकोषध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भए ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ २०६९ साल फागुुन २० गते विधिवत्रुपमा दर्ता भएको नेपालभरिका सुनचाँदी व्यवसायीको छाता सङ्गठन हो ।

Logo