काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ७७ हजारमा सुनको कारोबार भइरहेको छ ।
शुक्रबार ७५ हजार ५ सयमा कारोबार भएको सुन आइतबार ७६ हजार ५ सयमा कारोबार भएको थियो। गत हप्ता सुनको मूल्य घटबढ हुने क्रम निरन्तर रहेको छ ।
चाँदीको मूल्य भने आज स्थिर रहँदै प्रतितोला ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।































प्रतिक्रिया