सुनको मूल्य बढ्यो, कति पूग्यो आज ?

सुनको मूल्य बढ्यो, कति पूग्यो आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला १ हजारले बढेको छ । आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँले बढेको थियो ।

मंगलबार सुन ७५ हजार ५ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजारले बढ्दै ७६ हजार ५ सयमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत हप्ताको मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । एक हप्तामै ७ हजार २ सयले घटेको सुन आज फेरि बढेको हो । कोरोना भाइरसको प्रभावका कारण सुनको मूल्य घटबढ भएको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

Logo