काठमाडौं ।
मंगलबार पनि शेयर बजारमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले १ घण्टा कारोबारको समय बढाए पनि शेयर बजारमा रौनक आउन सकेन ।
मंगलबार ५ घण्टा कारोबार हुँदा नेप्से ४४.३३ अंकले घटेर १२७२ बिन्दुमा रोकिएको छ ।
यस अवधिमा १ अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६ सय ५६ रुपैंयाँ बराबरको कारोबार भएको छ भने ४३ लाख ६७ हजार ७ सय ७५ कित्ता शेयर किनबेच भएको छ । मंगलबार म्युचुअल फण्ड बाहेकका सबै समूहहरुको कारोबारमा गिरावट आएको छ ।































प्रतिक्रिया