काठमाडौँ ।
शेयर बजार कारोबार आइतबारदेखि दैनिक ५ घण्टा हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचना जारी गर्दै आइतबार बिहान ११ बजेदेखि ४ बजेसम्म कारोबार हुने जनाएको हो ।
नेप्सेका अनुसार आइतबारदेखि बिहिबारसम्म कार्यालय खुलेको दिनमा बिहान १०ः३० देखि ११ बजेसम्म शेयर कारोबारको प्रारम्भिक समय हुने जनाएको छ भने ११ देखि ४ बजेसम्म अन्तिम कारोबार हुनेछ । नेपाल धितोपत्र बोर्डले नेप्सेलाई एक घण्टा समय बढाउन निर्देशन दिएपछि नेप्सेले शेयर कारोबारको समय एक घण्टा बढाएको हो ।
यस्ता छन् फाइदा
छोटो समयमा हतार गर्नुपर्ने कामलाई समय लगाएर गर्न सकिनेछ । त्यस्तै समय थपिएपछि विस्तारै राम्रो कम्पनी छानेर शेयर किन्न सकिनेछ । पहिलेभन्दा बढी समय उपलब्ध हुने भएकाले नयाँ लगानीकर्तालाई बजार बुझ्न केही सहज हुनेछ । जसले गर्दा समग्र शेयर बजारलाई फाइदा पुग्नेछ । त्यस्तैगरी अहिले बढाइएको समयले शेयर बजार वृद्धि भएको बेला मात्रै फाइदा गर्नेछ ।





























प्रतिक्रिया