काठमाडौं ।
लगातारको गिरावटपछि बुधबार शेयर बजारमा सुधार आएको छ । बुधबार शेयर बजारमा ७३.७८ विन्दुले सुधार आएको हो ।
आज २ अर्ब २२ करोड १० लाख ८१ हजार ६ सय ९० रुपैयाँ बराबरको कारोबार भएको छ भने ५६ लाख २६ हजार ८ सय १२ कित्ता शेयरको किनबेच भएको छ ।
बुधबार नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी कारोबार गरेको छ । यस कम्पनीले २३ करोड ६ लाख ४९ हजार १ सय ४१ रुपैँया बराबरको कारोबार गरेको छ ।





























प्रतिक्रिया