काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले अबदेखि नयाँ ग्यास सिलिन्डर नबेच्न व्यासायीलाई अनुरोध गरेका छन्।
अहिले पछिल्लो समय कोरोना भाइरसको प्रभावको कारण भन्दै बजारमा ग्याँस लगायत खाद्यानको अभाव हुन थालेकाले बजारमा ग्याँस अभाव हुन नदिनको लागि नयाँ ग्याँस नबेच्न सचिव अर्यालले आग्रह गरेका हुन् ।
आज नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको कारोना भाइरसको सन्दर्भमा आपूर्ति व्यवस्थाका विद्यमान स्थितिबारे अन्तरक्रिया कार्यक्रममा सचिव अर्यालले यस्तो बताएका हुन ।
अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढिरहेकोले आम नागरिकहरूमा सन्त्रास फैलिएको छ । यस्तो त्रास फैलिएको बेला बजारमा दैनिक उपभोग्य बस्तुको अभाव भइ चुलो बाल्न कठिन हुने होकि भन्ने पनि चिन्ता बढेकाले बजारमा ग्यास अभाव हुन नदिन नयाँ सिलिण्डर नबेच्न व्यवसायीलाई आग्रह गरेको उनले बताए । आइतबार उद्योग मन्त्री र सचिव सहितको टोली बजारमा अनुगमनमा निस्केका थिए ।
बजारमा उपभोग्य सामानको कृतिम अभाव सिर्जना गर्नेलाई पनि कारबाही गर्दै आएको छ । भने सरकारले अतिआवश्यक भन्दा बढी सामान स्टोर गरेर नराख्न पनि भनेको छ ।





























प्रतिक्रिया