कालोबजारी रोक्न उपभोक्ता हित संरक्षण मञ्चले के गरिरहेको छ ? ( उपमहासचिव विष्णु तिमल्सिना )

कालोबजारी रोक्न उपभोक्ता हित संरक्षण मञ्चले के गरिरहेको छ ? ( उपमहासचिव विष्णु तिमल्सिना )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले विश्व अर्थतन्त्रलाई नै संकटमा पारेको छ । यसबाट नेपाल पनि अछुतो छैन । नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा नै रहेको छ । त्यसैले यो सङक्रमणबाट जोगिनको लागि सरकारले विभिन्न साबधानी अपनाइ रहेको छ । सरकारले साबधानी अपनाई रहेको मौका छोपेर बजारमा व्यापारीहरुले दैनिक उपभोग्य बस्तुदेखि ग्याससम्मको कृतिम अभाव गराउन थालेका छन । सरकारले यस्ता कुनै पनि बस्तु अभाव हुन नदिने जनाइरहेको छ । यसै सन्दर्भमा बजारमा यस्तो प्रभाव परेको बेलामा उपभोक्ता मञ्चले के गरिरहेको छ भनी उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव विष्णु तिमल्सिनासँग केन्द्रविन्दुले गरेको छोटो कुराकानीः

केन्द्रबिन्दुः हेल्लो सर, नमस्कार विष्णु तिमलसिना बोल्दै हुनुहुन्छ ?
उपमहासचिवः हजुर बोल्दैछु सर, कहाँबाट को बोल्नु भयो ?
केन्द्रबिन्दुः केन्द्रबिन्दु मिडियाबाट, सर अहिले कोरोना भाइसर विश्वव्यापी रुपमा फैलिने क्रममा रहेको छ । नेपाल पनि उच्च जोखिममा छ, तर बजारमा कोरोनाको बाहानामा कृतिम अभाव गरी कालोबजारी हुन थालेको छ नि यसमा हजुरहरुले के गदै हुनुहुन्छ ?

उपमहासचिवः यो प्रकोप हामी सबैको लागि आएको हो, तर नेपालमा जब देशमा संकट पर्छ तब व्यापारीहरु कालोबजारी गर्न उद्यत हुन्छन । यो नेपाली व्यापारीको नयाँ प्रचलन होइन । त्यसैले हामीले सरकारलाई निगरानी राख्न अनुरोध गरेका छौं ।

केन्द्रबिन्दुः हजुरले पुरानै प्रचलन हो भन्दा अझ व्यापारीलाई प्रोसाहन भएन र सर ?
उपमहासचिवः व्यापारीले दुःखको घडीमा नै अवसरको बाटो हेरेर बसेका हुन्छन । हुन त व्यापारीले नाकाबन्दीको बेला वा देशमा संकट परेका बेला यस्तो गर्ने भएकाले सरकार र हामी मिलेर बजार अनुगमनमा रहेका छौं । यसको लागी सरकारले अनुगमनलाई तिव्रता दिनु पर्छ ।

केन्द्रबिन्दुः मञ्चले कोरोनाबाट बच्नको लागि के के गर्दैछ ?
उपमहासचिवः यसले नेपाललाई मात्र नभएर विश्वलाई नै त्रसित बनाएकाले हामी सबैले यो संकटमा मिलेर अगाडी बढ्नु पर्ने हुन्छ । बजारमा व्यापारीले पनि बस्तुको अभाव सिर्जना गरेर होइन सबैलाई सर्तक भएर हल्लाको पछि नलाग्न सुझाव दिन्छौं ।
केन्द्रबिन्दुः जानकारीका लागी धन्यवाद सर ।
उपमहासचिवः धन्यवाद

Logo